कोपा अमेरिका : ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो
ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलबाटै बाहिरिएको छ । पेनाल्टी सुटआउटमा विजयी भएको उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको हो । लसभेगासमा आइतबार सम्पन्न क्वाटरफाइनलमा उरुग्वेले ब्राजिललाई पेनाल्टीसुटआउटमा ४–२ ले हरायो ।
स्पेनले जित्यो यूरोकपको उपाधी
स्पेनले यूरोकप २०२४ को उपाधी उचालेको छ । कीर्तिमानी चौथो पटक युरोकपको उपाधि जितेको स्पेनले जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २–१ ले हराउन सफल भयो ।
पेरिस ओलम्पिक : पदक तालिकामा जापानको अग्रता
पेरिस ओलम्पिकमा जापानले पदक तालिकामा अग्रता लिएको छ । सोमबार बिहानसम्मको तथ्यांक अनुसार जापानले ४ स्वर्ण, २ रजत र १ काष्य पदक जितेको छ । उसको कुल ७ पदक भएको छ । समान स्वर्ण जितेको अष्ट्रेलिया दोस्रो स्थानमा छ ।
नेपाली पौडिबाज एलेक्स शाहले बनाए राष्ट्रिय कीर्तिमान
नेपाली पौडीवाज एलेक्जेन्डर (एलेक्स) शाहले पेरिस ओलम्पिकमा आफ्नो प्रदर्शनमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पेरिस ओलम्पिकमा पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका एलेक्सले ५१ः९१ सेकेन्डमा दुरी पार गरे ।
दशरथ रंगशाला पुनः अन्तर्राष्ट्रिय खेल खेलाउन योग्य
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न सक्षम बनेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले सोको अनुमति दिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरेसँगै एन्फाको जवाफअनुसार दशरथ रङ्गशालालाई एएफसीबाट योग्य रहेको रिर्पोट प्राप्त भएको राखेपले जनाएको छ ।
तेक्वान्दो खेलाडी पलेशा गोबर्धनको भव्य स्वागत
पलेशालाई विमानस्थलामा बाजागाजासहित खेलकुद मन्त्री तेजुलाल चौधरीसहित राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीले स्वागत गरेर नगरपरिक्रमा गराइएको हो ।
एनपीएलमा ८ टोली भिड्ने, कुन टीमको मूल्य कति ?
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी–२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को आठ टोलीको स्वामित्व लिने कम्पनीको नाम सार्वजनिक भएको छ। टेन्डर प्रक्रियामा सहभागी भएका टोलीमध्येबाट टोलीको स्वामित्वका लागि बोली लगाइएको थियो।
आजबाट सरकारी कार्यालय खुल्दै
दशैंमा बन्द भएका सरकारी कार्यालय आजबाट खुल्दैछन् । सरकारी कार्यालयमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको हो । आजबाट भने सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा खुल्ने छन् । आज दशैंको त्रयोदशी हो ।
साफ वुमन्स च्याम्पियनसिप-२०२४, नेपाल र भुटान आज भिड्दै
नेपालले घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप(२०२४ मा आज भुटानसँग पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । आजको खेलमा सावित्रा भण्डारी (साम्बा) अनुपस्थित हुनेछिन् ।
नेपाल साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा
साफ वुमन्स च्याम्पियनसिपमा नेपालले अब सेमिफाइनलमा आइतबार समूह ए को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै अर्को सेमिफाइनलमा समूह ए को विजेता बंगालदेश र समूह बी को उपविजेता भुटान भिड्नेछन् ।