आज कस्तो रहनेछ मौसम ?

अहिले नेपालमा मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ। साथै भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

नेपाल हेल्थ समिट २०२४ आयोजना गर्दै स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशमा रहेका नेपालीको ज्ञान, सीप र दक्षता देशमा भित्र्याउनुका साथै स्वास्थ्य क्षेत्रमा सुधार गर्न नेपाल हेल्थ समिट २०२४ आयोजना गर्ने भएको छ ।

पश्चिमी नेपालमा आज भारी वर्षा, सतर्क रहन आह्वान

लुम्बिनीदेखि सुदूरपश्चिमसम्मका जिल्लाहरुमा गएरातिदेखि वर्षा भइरहेको छ । ती क्षेत्रमा आज २९ गते बिहानसम्म वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गरी पश्चिमी भूभागमा भदौ २७ गते साँझदेखि २९ गते बिहानसम्म भारीदेखि धेरै भारीसम्म वर्षा हुने जानकारी दिएको थियो ।

भक्तपुर क्यान्सर अस्पताल विकास समितिमा रुपान्तरण

अब अस्पतालले विनियमावली निर्माण गरेर कर्मचारीको वृत्तिविकासमा काम गर्ने बाटो खुलेको छ ।

अन्नपूर्ण क्षेत्रमा सिसा र प्लाष्टिक लैजान प्रतिवन्ध

पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा सरसफाइ अभियान सुरू भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अगुवाइमा त्यस क्षेत्रका पदमार्ग र पर्यटकीय गन्तव्यस्थलमा अभियान प्रारम्भ भएको हो । अन्नपूर्ण आधार शिविरमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध लगाइएको छ।

संक्रमण फैलिन सक्ने रोगबाट नागरिकलाई जोगाउन मन्त्री पौडेलको आग्रह

बैठकमा बाढी पहिरोबाट बढी प्रभावित काभ्रेप्लाञ्चोक, सिन्धुपाल्चोक, कोशी, मधेश तथा गण्डकीलगायत प्रदेशका स्वास्थ्य सचिवहरुले आफूहरुले प्रदान गरिरहेको सेवाबारे जानकारी गराउँदै पानीको शुद्धिकरण तथा सचेतना फैलाउन मन्त्रालयको सहयोग मागेका थिए ।

डडेलधुरामा बस दुर्घटना, ४ जनाको मृत्यु

डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । अमरगढी नगरपालिका ७ को खसरेखानमा गएराति पवनदुत यातायातको ना८ख१०७८ नम्बर बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल आइडल सिजन ५ को उपाधि करण परियारलाई

शनिबार राति भएको ग्रान्ड फिनालेमा फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन् । दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन् ।

महिला एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो नेपाल

नेपाल एसीसी वुमन्स एसिया कप प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । समूहको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भयो । भारतले दिएको १७९ रनको बलियो लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रनमा समेटियो ।

साफ यु–२० च्याम्पियनसिप आजदेखि सुरु हुँदै, नेपाल र श्रीलंका भिड्दै

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । ६ टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ । समूह(ए मा रहेका नेपाल र श्रीलंकाबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।