आईसीसी विश्वकप लिग २ : नेपालको लगातार दोस्रो हार, गुल्सनको अलराउण्ड प्रदर्शन खेर

आईसीसी विश्वकप लिग२ मा नेपाल लगातार दोस्रो हार बेहोर्न बाध्य भएको छ । गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेको खेलमा नेपाल ओमानसँग १ विकेटले हारेको हो ।

क्यानडा सिरिजमा ओमानसँग अन्तिम खेल खेल्दै नेपाल

क्यानडा भ्रमणमा रहेको नेपालले लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको आज अन्तिम खेल खेल्दैछ। क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ८ः४५ बजे खेल सुरू हुनेछ। नेपालले क्यानडामा हालसम्म खेलेको तीन खेलमध्ये तीनै खेल हारेको छ ।

दशैंको आज पाचौं दिन : स्कन्दमाताको पूजा आराधना

आज बडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो ।

वुमेन्स साफ च्याम्पियसिप २०२४ मा भाग लिन पाकिस्तानको टीम नेपाल आयो

वुमेन्स साफ च्याम्पियसिप २०२४ मा सहभागी हुन काठमाडौं आइपुग्ने पाकिस्तान पहिलो टिम भएको छ । पाकिस्तान आइतबार मध्य रात नेपाल आइपुगेको हो ।

टी-२० सिरिजमा अमेरिकाविरुद्ध नेपालको सानदार जित

नेपालले पहिलो टी–२० आई खेलमा घरेलु टोली अमेरिकाविरुद्ध सानदार प्रदर्शन गरेको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको हो । नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले अलराउण्ड प्रदर्शन गरे ।

साफ वुमन्स च्याम्पियनसिप २०२४को पहिलो खेलमा नेपाल र भूटान बराबरी खेले

साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल र भुटान बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र भुटानले गोलरहित बराबरि खेखेका हुन् । दुबै टीमले अंक बाँडे ।

आजबाट देशैभर मनसुन सक्रिय, कुन कुन स्थानमा बढी जोखिम ?

आजदेखि मनसुन पुनः सक्रिय बनेको छ । यसको प्रभावले देशभर वर्षा हुनेछ । भित्राउन तयार बालीनाली तथा कृषिकर्ममा यसले असर पुर्‍याउने छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना छ ।

दसैँमा बसको टिकट काट्न काउन्टरमा लाइन बस्नु नपर्ने !

दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिनेछ ।

रसायन शास्त्रतर्फको नोबेल पुरस्कार कसले पाए ?

यसवर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार डेभिड बेकर, डेमिस हसबिस र जोन एम जम्परलाई दिइने भएको छ । कम्प्युटेशनल प्रोटिन डिजानका लागि डेभिड बेकरलाई, प्रोटिन संरचनाको भविष्यवाणीका लागि डेमिस हसाबिस र जोन जम्परलाई सन् २०२४ को रसायन शास्त्रतर्फको पुरस्कार दिइएको हो ।

पाँच तारे होटेल याक एण्ड यतिलाई विभागले तिरायो ३ लाख जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पाँच तारे होटेललाई ३ लाख रुपैयाँ जरिवाना तिराएको छ । विभागले आइतबार गरेको अनुगमनबाट कैफियत भेटिएसँगै याक एण्ड यतिलाई जरिवाना तिराइएको हो ।