मेलम्चीको पानी आजबाट सुन्दरीजल पठाइदै

सरकार र मेलम्ची बाढी पीडित संघर्ष समितिबीच सहमति जुटेको छ । यससँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ भने मेलम्चीको पानी आजबाट काठमाडौंको सुन्दरीजल पथान्तरण गरिनेछ ।

बाँकेमा झाडापखालाबाट ज्यान गुमाएका चार जनामा पानीको कमी देखिएको पुष्टी

बाँकेको नरैनापुरमा एकै परिवारका तीनसहित चार जनाको मृत्यु झाडापखालाका कारण पानीको कमीले भएको पुष्टि भएको छ । नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँका श्यामलाल पासीको घरका तीन सदस्यसहित चार जनाको ७२ घण्टाको अवधिमा मृत्यु भएको थियो ।

काठमाडौंसहित मध्य र पूर्वी नेपालमा निरन्तर वर्षा

सुदूरपश्चिमका जिल्लाबाट मनसुन बाहिरिने तरखरमा रहेका बेला पूर्वी र मध्य क्षेत्रमा भने वर्षा भइरहेको छ । आज बिहानैदेखि कोशी प्रदेशका पूर्वी भाग, काठमाडौं उपत्यका र आसपासका जिल्लामा वर्षा भइरहेको छ । वर्षा मध्यमदेखि भारी खालको छ ।

परोपकार प्रसुतिगृहमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा शुरु

सातै प्रदेशमा अटिजम बालबालिकाका अभिभावकलाई तालिम केन्द्र स्थापनाको तयारी ।

यस वर्ष चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा

यस वर्ष चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा भएको छ । यो पुरस्कार दुई अमेरिकी वैज्ञानिक भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनले संयुक्त रूपमा पाउने भएका छन् । नोबेल पुरस्कार समितिले ‘माइक्रोआरएनए’ पत्ता लगाउने दुई जना अनुसन्धानकर्तालाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

गोविन्द केसीसँग स्वास्थ्य मन्त्रीले भने, ‘तपाईंले उठाएका माग पूरा गर्ने गरी धेरै सुधार प्रक्रिया...

तत्काल चिकित्सक दरबन्दी थप्न नसकिए पनि भएकै चिकित्सकबाट अधिक सेवा दिने गरी दुई सिफ्टमा सघीय अस्पतालमा सेवा थालिएको भन्दै मन्त्री पौडेलले यसले सरकारी चिकित्सकले बाहिर काम गर्नुपर्ने समस्या कम गर्न सक्ने बताए ।

१०० औं अन्तर्राष्ट्रिय खेल खेल्दै किरण

काठमाडौं। नेपाली फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूका लागि आज १०० औं खेल हुनेछ । योसँगै उनी नेपालका लागि सय अन्तर्राष्ट्रिय खेल खेल्ने...

महिला एसियाकप आजबाट सुरु, नेपालले यूएईको सामना गर्दै

महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि श्रीलङ्कामा शुरु हुँदैछ । उदघाटन खेलमा आज नेपाल र यूएई खेल्दैछन् ।नेपाल यूएईबीचको खेल दिउँसो सवा २ बजे शुरु हुनेछ । आजै भारत र पाकिस्तान पनि खेल्दैछन् । नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् ।

प्रधानमन्त्री ओली र माधव कुमार नेपालले अभिनय गरेको फिल्मको श्रव्य-दृष्य सार्वजनिक

एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ को श्रव्यदृश्य सार्वजनिक भएको छ । सार्वजनिक श्रव्यदृश्यमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समेत दृश्यमा देखिएका छन् ।

नेपालले आईसीसी यू–१९ पुरुष विश्वकप छनोट आयोजना गर्ने

नेपालले आईसीसी यू–१९ पुरुष विश्वकप छनोट आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अप्रिल १२ देखि २१ सम्म हुने प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, यूएई र ओमानले प्रतिस्पर्धा गर्नेछन् ।