एनपीएलको तालिका सार्वजनिक, पहिलो खेल विराटनगर र जनकपुर
नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट भिड्नेछन् ।
अल्ट्रा रेस युटिएमबी बाई मलेसियाको उपाधि प्रिया राईलाई
मलेसियामा भएको अल्ट्रा रेस युटिएमबी बाई मलेसियाको उपाधि नेपाली अल्ट्रा धावक प्रिया राईले जितेकी छन् ।
बाल दिवस आज मनाइँदै
‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज ६० औँ राष्ट्रिय बाल दिवस मनाइँदै छ । अघिल्लो वर्ष पनि बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै यही नाराका साथ दिवस मनाइएको थियो ।
आजबाट देशैभर मनसुन सक्रिय, कुन कुन स्थानमा बढी जोखिम ?
आजदेखि मनसुन पुनः सक्रिय बनेको छ । यसको प्रभावले देशभर वर्षा हुनेछ । भित्राउन तयार बालीनाली तथा कृषिकर्ममा यसले असर पुर्याउने छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना छ ।
रसायन शास्त्रतर्फको नोबेल पुरस्कार कसले पाए ?
यसवर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार डेभिड बेकर, डेमिस हसबिस र जोन एम जम्परलाई दिइने भएको छ । कम्प्युटेशनल प्रोटिन डिजानका लागि डेभिड बेकरलाई, प्रोटिन संरचनाको भविष्यवाणीका लागि डेमिस हसाबिस र जोन जम्परलाई सन् २०२४ को रसायन शास्त्रतर्फको पुरस्कार दिइएको हो ।
जापानका आणविक बम पिडितहरुको संस्थाले पायो यस वर्षको नोबेल पुरस्कार
यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहन हिडन्क्योलाई प्रदान गरिने भएको छ। निहान हिडान्क्यो दोस्रो विश्वयुद्धका क्रममा जापानको हिरोसिमा र नागाशाकीमा खसालिएका आणविक बमका पीडितहरूको संस्था हो। पुरस्कार समितिले विश्वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न र आफ्नो साक्षात् अनुभवका माध्यमबाट परमाणु हतियार पुनः कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने प्रदर्शन गरेकाले उक्त संस्थालाई पुरस्कृत गर्न लागिएको जनाएको छ।
सुन र चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड
नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। आजको वृद्धिपछि प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारी दरवारमार्ग कन्सर्ट, प्रधानमन्त्री सहभागी
संविधान दिवसको अवसरमा सरकारले बिहीबार काठमाडौंको दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना गरेको छ । संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।
शिवरात्रीका नाममा विकृतिः गाँजा,भाङको ‘ह्याङ्गओभर’ कम गर्न अपनाउनुहोस् यी घरेलु उपाय
हिन्दूधर्मावलम्बीहरुले महाशिवरात्रि पर्व मनाइरहेका छन् । शिवभक्तहरु भगवान शिवको पूजा, आराधना र उपाशनाका लागि शिव मन्दिरहरुमा जाने गर्छन् । केहीले भने महाशिवरात्रीलाई गाँजा, भाङ, धतुरो लगायतका नशा सेवनको पर्वको रुपमा लिन्छन् ।
आज कस्तो रहनेछ मौसम ?
अहिले नेपालमा मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ। साथै भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।