अर्को जापानी कार निर्माता, सुबारुले पनि टोयोटासँग संयुक्त रूपमा विकास गरिएको सोल्टेराको लुज बेल्टकै कारण ४०३ कार फिर्ता गरिरहेको बताएको छ ।
सिजी मोटर्सले जीएसी एवोन वाई मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ । चिनियाँ ब्राण्ड ग्वान्झाओ अटोमोवाइल कर्पोरेशनको सहायक ब्राण्ड एवोनको पहिलो मोडलको रुपमा सिजी ग्रुपले नेपालमा यसको विक्री सुरु गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा (एमाले) ले आज काठमाडौंको सडकमा प्रदर्शन गर्दैछ । दरबारमार्गमा प्रदर्शनपछि सभा राखिएको छ । सोहीकारण बिहानैबाट सवारी डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौंको सडकमा साझा यातायातका विजुली बस चल्ने भएका छन् । कम्पनीले तीनवटा विद्युतीय बस काठमाडौँ ल्याएको हो । पहिलो चरणमा ल्याइएका ती बसको परीक्षण सफल भएपछि थप ३७ वटा बस ल्याउने साझा यातायातका तयारी छ ।
यस फिचरले निलो रंगले जाम नभएको, पहेँलो रंगले सडक व्यस्त अर्थात सवारीहरूको संख्या धेरै भए पनि चलिरहेको र रातो रंगले ट्राफिक जाम भइरहेको बुझाउँछ।
सेगवे ब्राण्डको सवारी साधनको आधिकारिक वितरक आईहव प्रा.लि.ले भक्तपुर, ललितपुर र काठमाडौँका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेशन जडान गरिने बताएको छ ।
अल–न्यु नभारामा नयाँ फ्रन्ट (बम्पर, ग्रिल, हेडल्याम्प, हुड) इन्टेरियर मेटरियल र डेकोरेसन प्रयोग गरिएको छ भने बेड हाइट बढाइएको र नयाँ स्टेयरिङ ह्विलको प्रयोग गरिएको छ ।
फाइनान्सिङको अधिकतम अवधि ५ वर्षसम्मको हुनेछ र यसका लागि ग्राहकबाट ३० प्रतिशत डाउन पेमेन्ट आवश्यक पर्नेछ । यो योजनामा मासिक किस्ताबन्दी ९ईएमआई० सुविधा हुनेछ, जसको उद्देश्य ग्राहकहरूको भार कम पार्नु हो ।
महिन्द्रा केयर फेस्ट ४५–पोइन्ट चेकअप क्याम्प भएको कम्पनीले जनाएको छ। जसमा फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० प्रतिशत छुट तथा एक्सेसरीजमा २५ प्रतिशतसम्म छुटको लाभ उपभोक्ताले लिन सक्ने बताइएको छ ।
सेगवे विश्वव्यापी रुपमा लोकप्रिय र उच्च बिक्री हुने इ–स्कुटर ब्रान्ड हो। नेपालमा सेगवे ई–१२५ को विक्री यही चैत १९ देखि वारेन्टीसहित सुरु भइसकेको छ।