जीप र माइक्रोबस आउँदो असार १ गतेदेखि गोंगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् । माइक्रोबस तथा जीप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आउँदो शुक्रबारदेखि जीप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।
नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँको दरले मूल्य बढाएको हो ।
जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति ८ः३० बजेतिर आलिताल गाउँपालिका–४ जाल्टुडामा म१च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको भीनपा ००१ ह ०४०८ नम्बरको अटो ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।
मेलौली नगरपालिका – ७ स्वाखानीमा जीप दुर्घटना भएको छ । शिवनाथबाट मेलालीतर्फ आइरहेको से१ज ७३२ नम्बरको जीप स्वाखानीमा बुधबार राति राति दुर्घटना भएको हो ।
सवारी चालक अनुमति पत्रको छपाइ अब सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ । यस सम्वन्धमा यातायात व्यवस्था विभाग र केन्द्र विच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
कम्पनीले विश्वभर अपेक्षा गरेजस्तो तीव्र रुपमा विद्युतचालित सवारी साधनको स्वीकृति नपाएको र विशेषगरी अमेरिकामा लागू हुने अनुदान नीतिहरूमा अनिश्चितता बढिरहेको जनाउँदै यस्तो निर्णय लिएको हो।
काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो खस्दा मुलुकको आपूर्ति प्रणाली अस्तव्यस्त बन्न पुगेको भन्दै दिगो समाधानको माग गरेको छ ।
सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो ।
यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियाे।
शुक्रबार रातिदेखि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ ।