राजनीति

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेनको अग्रता कायमै, स्थापित पछिपछि

काठमाडौँ महानगरमा स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । वडा नम्बर १, ३२, २, र ३ को मतगणना गर्दै एकहजार मत गन्दा बालेनले ३५६ मत पाएका छन् ।

४ वर्ष अगाडि

प्रधानमन्त्रीको वडामा कांग्रेस पराजित, कांग्रेस बीपीका उम्मेदवार निर्वाचित

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको वडामा नेपाली कांग्रेस (बीपी)का उम्मेदवार विजयी भएका छन्।

४ वर्ष अगाडि

इच्छाकामना गाउँपालिका १ मा माओवादी केन्द्रका उम्मेदवार १० भोटले विजयी

चितवनको इच्छाकामना गाउँपालिका वडा नं १ वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार सन्तबहादुर रानामगर विजयी भएका छन् । उनी गठबन्धनबाट माओवादी केन्द्रका हुन् ।

४ वर्ष अगाडि

त्रिवेणी गाउँपालिका–१ मा माओवादीबाट बागी उम्मेदवारी दिएका प्यानल नै विजयी

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ मा बागी उम्मेदवारको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका सुन्दर ओली विजयी भएका छन् ।

४ वर्ष अगाडि

गोरखा नगरपालिका-२ मा कांग्रेसको प्यानल नै विजयी

गोरखा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

४ वर्ष अगाडि

रसुवाको कालिका–१ मा माओवादी केन्द्रको प्यानल नै विजयी

रसुवाको कालिका गाउँपालिका–वडा नम्बर १ मा नेकपा (माओवादी केन्द्र) को प्यानल नै विजयी भएको छ।

४ वर्ष अगाडि

काठमाडौं महानगरपालिकामा बालेन शाहको अग्रता

काठमाडौंको राष्ट्रियसभा गृहमा अहिले भइरहेको मत गणनामा ७५ मत गन्दा बालेनले २२ मत पाएका छन् ।

४ वर्ष अगाडि

८ वटा पालिकाको नतिजा सार्वजनिक: एमाले ,कांग्रेस ४|४

अहिलेसम्म ८ वटा पालिकाको नतिजा सार्वजनिक हुँदा प्रमुखमा एमालेले ४ तथा कांग्रेस र एकीकृत समाजवादीले २ र २ ठाउँमा जित हासिल गरेका छन् ।

४ वर्ष अगाडि

प्रधानमन्त्री देउवाको वडामा कांग्रेसको प्यानलै विजयी

काठमाडौं । नेपाली कांग्रेसका सभापत्ती एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको पालिका गन्यापधुरा गाउँपालिका–४ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार नरेन्द्र भट्ट प्यानलसहित विजयी भएका छन् ।

४ वर्ष अगाडि

काठमाडौं महानगरपालिकामा मतगणना शुरु

काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकामा मतगणना शुरु भएको छ । मतगणना राष्ट्रिय सभागृहमा विहान करिब पौने ९ बजेदेखि मतगणना शुरु भएको हो । काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट सिर्जना...

४ वर्ष अगाडि
1 291 292 293 294 295 404