मंगलबारदेखि कोरोनाविरूद्ध चिनियाँ खोप भेरोसेल लगाइँदै छ । काठमाडौंं महानगनरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा खोप दिन लागेको हो ।
बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म नजिकको वडा कार्यालयमा गएर खोप लगाउन सकिन्छ। खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र साथै लैजानुपर्नेछ।
कोभिड–१९ प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीको सुरक्षार्थ आवश्यक पर्ने उक्त स्वास्थ्य सामग्रीहरु अष्ट्रेलियन एयर फोर्सको जहाजमार्फत ल्याइएको जंगी अड्डाले जनाएको छ ।
औषधि व्यवस्था विभागको शुक्रबारको बैठकले चीनको सिनोभ्याक लाइफ साइन्स लिमिटेडले विकास गरेको कोभिड–१९ भ्याक्सिन(भेरोसेल कोरोनाभ्याक) लाई आपतकालीन प्रयोगका लागि सशर्त अनुमति प्रदान गर्ने निर्णय गरेको हो।
स्वास्थ्य मन्त्रालयले यो पत्र स्वास्थ्य सेवा विभाग, सबै प्रदेशका सामाजिक विकास मन्त्रालय र लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बोधार्थ पठाएको छ।
अमेरिकाले नेपाललाई कोभिड १९ बिरुद्दको खोप उपलब्ध गराउने घोषणा गरेपनि कति परिमाण दिने भन्ने खुलाएको छैन। नेपालले प्राप्त गर्ने खोपको परिमाण भने केही सममै टुंगो लाग्ने जनाइएको छ।
कोभिड–१९ महामारीमा जनताको जीवन वचाउन आफ्नो ज्यान जोखिममा राखेर अग्रमोर्चामा खटिने मणिपाल मेडिकल कलेजका स्वास्थ्यकर्मी र कर्मचारीलाई आफ्नै बीमावापतको रकम पाउन गाह्रो परेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ ।
दया फाउण्डेशनले काठमाडौं उपत्यकाका विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरुलाई कोरोनाभाइरस महामारीको संक्रमणको उपचारमा आवश्यक विभिन्न चिकित्सा उपकरणहरु प्रदान गरेको छ ।
अहिले काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पाँचसहित देशभर १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.