विदेशी मुद्रा सटहीमा कडाई, ३ हजार डलरभन्दा बढी साट्न नियामकको अनुमति चाहिने
यसअघि १० हजार अमेरिकी डलरभन्दा बढीको सटही गर्दा मात्र राष्ट्र बैंकको अनुमति लिनु पर्ने व्यवस्था थियो । तर, अहिले नियामक निकायको सिफारिस ल्याउनु पर्ने व्यवस्था गरिएको हो ।
ग्लोबल र जनताले थाले एकीकृत कारोबार,‘ग्लोबल आईएमई’ सबैभन्दा ठूलो बैंक
बैंकको चुक्ता पुँजी १९ अर्ब, कूल प्राथमिक पुँजी २४ अर्ब पुगेको छ । निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकहरु आक्रमक रुपमा कर्जा विस्तारमा,निक्षेप ४ अर्बले घट्दा कर्जा प्रवाह ७ अर्बले बढ्यो
बैंकहरुले चालू आर्थिक वर्षमा निक्षेप भन्दा ४८ अर्ब धेरै कर्जा प्रवाह गरेका छन । बैंकहरुले साउनदेखि यता १ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
फर्निचरमा बैंक लगानी वृद्धिदर घट्दो, असोजसम्म साढे २१ अर्ब
गत वर्ष बैंक तथा वित्तीय संस्थाले यो क्षेत्रमा १ अर्ब ५२ करोड रुपैयाँ थप कर्जा विस्तार गरेका छन् । अघिल्लो वर्षको तुलनामा यो क्षेत्रमा गत वर्ष थपिएको कर्जा प्रवाह करिब आधाले कम हो ।
एनआईसी एशिया बैंककोे नयाँ विस्तारित काउण्टर कपिलवस्तुको कृष्णनगरमा
काठमाडौं,१८ मसिर । एनआईसी एशिया बैंकले कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर विस्तारित काउण्टर संचालनमा ल्याएको छ । कृष्णनगर नगरपालिका वडा नं. २ स्थित कृष्णनगर विस्तारित काउण्टर यही मंसिर १८ गतेबाट सञ्चालनमा ल्याइएको हो ।
बैंकले सञ्चालनमा...
ग्लोबल आइएमई बैंकको सम्पूर्ण कारोबार बन्द, एटीएम कार्ड नचल्ने
काठमाडौं, १८ मंसिर । ग्लोबल आइएमई बैंकले यहि मंसिर १९ गते बैंकका सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने जानकारी गराएको छ ।
जनता बैंकलाई गाभेर मंसिर २० गतेबाट एकीकृत कारोबार थाल्न लागेको बैंकले दुवै बैंकको सिस्टम...
मुक्तिनाथ विकास बैंकको मोवाईल बैंकिङ्ग अभियान
काठमाडौं, १८ मंसिर । नेपालको बैंकिङ्ग प्रणालीमा सूचना तथा प्रविधिको उचित प्रयोग गरी सेवाग्राहीलाई यस सेवामा समेट्न र नगदरहित कारोवारलाई प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकले मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्याएको छ ।
यस अभियानमा हालसम्म...
बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल सर्वसम्मत
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दाहाल एक्लैको मनोनयन पत्र दर्ता भएसँगै उनी सर्वसम्मत भएका हुन् । औपचारिक घोषणा बिहीबार हुने संघको बार्षिक साधारणसभामा मात्रै हुनेछ ।
राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा निर्मलहरि अधिकारी
काठमाडौं,१७ मंसिर । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा पूर्वसहसचिव निर्मलहरि अधिकारी चयन भएका छन्।
सञ्चालक समिति बैठकले उनलाई सो पदमा ४ वर्षको लागि नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालसँग पद...
गुराँस लघुवित्तको नायव कार्यकारीमा बस्नेत
काठमाडौं, १७ मंसिर । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले भेष बहादुर बस्नेतलाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ ।
विगत २४ वर्षदेखि लघुवित्त क्षेत्रमा कार्यरत बस्नेतले २३ वर्ष स्वाबलम्वन लघुवित्तमा...