तीन गुणा बढ्यो विद्युत् खपत, ६ अर्ब ५१ करोड युनिट वृद्धि

आठ वर्षअघि १३१ युनिट रहेको प्रतिव्यक्ति उर्जा खपत गत आवसम्म आइपुग्दा ४०० युनिट पुगेको छ ।

जलविद्युतमा विदेशी लगानी ल्याउन सरकारले वातावरण बनाउँछ: अर्थमन्त्री पौडेल

हिउँदमा पनि विद्युत आयात गर्न नपर्ने ठाउँमा नेपाललाई छिटो पुर्‍याउनुपर्नेमा जोड दिए ।

पश्चिम सेती जलविद्युतको डीपीआर तयार पार्न बोलपत्र आह्वान

नेपाली कम्पनीहरुले आगामी सेप्टेम्बर ११ तारिख अर्थात् भदौ २६ गतेसम्म बोलपत्र पेस गर्न सक्ने बताइएको छ ।

५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण, कर्णाली प्रदेशमा सबैभन्दा कम

७ प्रदेशमध्ये मधेशमा शत्प्रतिशत विद्युतीकरण भएको छ ।

भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली लैजाने

भारतले नेपालका एक दर्जन जलविद्युत् आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । अन्तरदेशीय व्यापार उद्देश्यले भारतको तोकिएको प्राधिकरणले नेपालका १२ जलविद्युत् आयोजनाबाट उक्त परिमाणमा विद्युत् निर्यातका लागि स्वीकृति दिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

सञ्चालनमा आयो ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन

धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारदेखि सञ्चालनमा (चार्ज) ल्याइएको छ ।

पेट्रोलियम पदार्थको भाउ घट्यो

नेपाल आयल निगमनले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य घटाएको हो ।

विश्वभर किन घट्दैछ पेट्रोलियम पदार्थको माग ?

सन् २०२४ मा विश्वव्यापी खपत एक सय तीन दशमलव शून्य छ एमबिडी हुने एजेन्सीले अपेक्षा गरेको छ । यो गत वर्ष एक सय दुई दशमलव शून्य नौ एमबिडी र सन् २०१९ मा एक सय दशमलव छ एमबिडी थियो । समग्र मागमा गिरावट हुने युरोप एक मात्र महादेश हुनेछ भने अमेरिकामा सामान्य वृद्धि हुनेछ । आइइएका अनुसार चीनलगायत एसिया–प्रशान्त क्षेत्रमा मागको तीव्र विस्तार जारी रहने छ ।

प्रसारण लाइनमा नेपालको फड्को, कति बन्यो देशभर ?

विद्युत् आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल छ हजार सर्किट किलोमिटर पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्ष २०८०–८१ सम्ममा चार सय, २२०, १३२ र ६६ केभीका प्रसारण लाइनको लम्बाइ छ हजार ५०७ सर्किट किलोमिटर पुगेको हो । कुल प्रसारण लाइनमध्ये सबैभन्दा बढी १३२ केभी चार हजार १३६ सर्किट किलोमिटर र सबैभन्दा कम ६६ केभी ५१४ सर्किट किलोमिटर छ ।

अपर तामाकोशी : पौने ९ अर्बको बिजुली बेच्दा पनि कम्पनी घाटामा

अपर तामाकोशी जलविद्युत् कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ मा ८ अर्ब ७५ करोड रुपैयाँको बिजुली बेचेकोछ । बिजुली बिक्री आम्दानी अघिल्लो आर्थिक वर्ष २०७९–८० को तुलनामा ७.९ प्रतिशतले बढेको छ । विद्युत् बिक्री आम्दानी उल्लेख्य भए पनि कम्पनी गत आर्थिक वर्षमा पनि नोक्सानीमा गएको छ ।