काठमाडौं प्रवेश गर्दा साधारण अवस्थामा रहेका श्रेष्ठ निरन्तरको सङ्घर्ष एवं सकारात्मक सोचको कारण आफू एक डेढ दशकमा नै प्रतिष्ठित व्यवसायी बन्न सकेको दावी गर्छन् । साथै उनी व्यवसायमा नयाँ जोडिन चाहने व्यक्तिहरुलाई व्यवसायमा सफलता हासिल गर्नको लागि धैर्यता महत्वपूर्ण रहने सन्देश समेत प्रवाह गर्छन् ।