सुरुङको कूल लम्बाइ दुई दशमलव सात किमिको हुनेछ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई वटा सुरुङको निर्माण हुनेछ । दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ ।
उपत्यका भित्रने र बाहिरिने सवारी साधनलाई सहज बनाउनको लागि सहयोग गर्ने सुरुङ मार्ग ४२ महिनामा सकिने आयोजकले जनाएको छ । यो मार्ग निर्माणपछि नागढुंगादेखि सिस्नेखोलासम्मको सडक चारकिलोमिटरको दूरी घट्ने छ।