Tag: निर्माण व्यवसायी महासंघ

निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवी सिंह निर्वाचित, परिणाम मिश्रित

निकोलश पाण्डे र हुमनाथ कोइरालालाई पराजित गर्दै सिंह दोस्रो पटक अध्यक्ष बनेका हुन। नयाँ कार्यसमितिमा मिश्रित परिणाम आएको छ ।

‘उद्योगलाई व्यवस्थित बनाउन नियमावलीमा नभई कानूनमै संशोधन आवश्यक’- मन्त्री झाँक्री

निर्माण उद्योगमा योजना छनौटदेखि कार्यान्वयन चरण सम्म समस्या रहेकाले कानून संशोधन अपरिहार्य भएको उनले बताए।सरोकारवाला पक्षहरूको सुझाव सहित सरकार नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारीमा रहेको जानकारी मन्त्री झाँक्रीले दिइन। ‘देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि निर्माण उद्योग सशक्त हुनु जरुरी छ’ मन्त्री झाँक्रीले भनिन्।

भुक्तानीका लागि निर्माण व्यवसायीको अनुरोध , ठेक्काको म्याद ८ महिना थप्न...

लकडाउनका कारण अधिकांश विकास निर्माणका कार्यहरु ठप्प रहेको अवस्थामा विभिन्न निकायहरुले म्याद समाप्त भएका निर्माण कार्यहरुको पेश्की वापतको रकम फिर्ता र बैङ्क जमानत जफत गर्नका लागि पत्राचार गरेकोमा निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ ।

निर्माण सामग्री र ढुवानीमा भएको मूल्यवृद्धि रोक्न महासंघको माग

महासंघले कोभिड १९ का कारण सिर्जित चौतर्फी समस्याले गर्दा एकातिर काम गर्न समस्या भइरहेको समयमा मूल्यवृद्धि गरी कालोबजारी हुँदा विशेष गरी साना निर्माण व्यवसायीहरु १२ महिनाभन्दा कम अवधि भएका निर्माण आयोजनाहरुको मूल्य समायोजन नहुँदा थप समस्यामा परेको बताएको छ।

प्रधानमन्त्रीकै जिल्लामा काम गर्न कठिन, ६ महिनामा १० स्काभेटर जलाईयो

‘प्रदेश नं. १ मा मात्रै हालसम्म ६ वटा स्काभेटर जलिसक्यो, जसको कारण निर्माण व्यवसायीको ६ करोड भन्दा धेरैको नोक्सान भईसकेको छ’ ‘मोरङ, उदयपुर र झापामा शृङ्खलाबद्ध रुपमा स्काभेटरमा आगो लागिरहेको छ । ’