Tag: #kmc #sunitadangol

आयोगकाे स्पष्टीकरणको काठमाडौं महानगरले पठायाे जवाफ

वार्षिक बजेटबाट स्वीकृत कार्यक्रम भएकोले निर्वाचन आचार संहिताअनुकुल नै कार्यक्रम अगाडि बढेको महानगरले जनाएको छ।

सडकको गुणस्तर अनुगमन, फिल्डमै पुगिन उपमेयर

महानगरपालिकाबाट निर्माण भएका, मर्मत भएका सडकहरुको गुणस्तर परीक्षणका लागि कोर कटिङ् नमूना प्रयोगशालामा पठाउने गरिएको छ । यसबाट कालोपत्रे गर्न प्रयोग गरिएको विटुमिनको मात्रा तथा गुणस्तर, कालोपत्रको मोटाइ, कम्प्याक्सन (खँदिलोपना), निर्माण सामग्रीको मिश्रण मात्रा हेरिन्छ । सडकको दायाँ भाग, केन्द्र भाग र वायाँ भाग गरी विभिन्न स्थानबाट परीक्षणका लागि कटिङ् गरिन्छ । महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलको नेतृत्वमा योजना अनुगमन गर्न डल्लु आवास क्षेत्रमा पुगेका पदाधिकारीलाई सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले गुणस्तर कायम गराउन अपनाइएको विधिका विषयमा जानकारी दिए ।