Tag: #pabson #news

निजी विद्यालय सञ्चालकले गरे आन्दोलनको घोषणा

निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन् । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूका संगठन प्याब्सन र एनप्याब्सनले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । जसअन्तर्गत आज पालिका प्रमुख र शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।