प्रतिनिधिसभाकाे आज बसेको बैठक पनि रास्वपाले अवरोध गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले संसद् अवरोध गर्दै आइरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधि सभाको आजको बैठकमा वेल घेराउ गरेको छ । सरकारले आफ्नु माग नसुनेको भन्दै रास्वपाले संसद वैठकमा विरोध जारी राखेको हो ।