Tag: #patanhospital #patan

पाटन अस्पताल अब देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल

सरकारी अस्पताल भन्नेबित्तिकै बिहानैदेखि टिकट काट्न लागेको लामो ताँती, रिपोर्ट लिन घण्टौँको पर्खाइ र कागजी फाइल बोकेर यताउता दौडिरहेका बिरामीका आफन्तकाे दृष्य आँखा र दिमागमा आइहाल्छ । तर, ललितपुरको लगनखेलस्थित पाटन अस्पतालले याे दृष्यलाई विगतका पानामा सिमित राख्ने तयारी गरेको छ।