एक वर्षमा करीव १७ अर्बको विद्युत निर्यात, बन्यो खुद निर्यातकर्ता मुलुक

नेपाल खुद विद्युत निर्यातकर्ता मुलुक बनेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । यस आवमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत् आयात गरेको छ । यसरी आयातको तुलनामा निर्यात धेरै हुँदा नेपाल खुद् निर्यातकर्ता बनन सफल भएको प्राधिकरणले जनाएको छ ।

वीरगन्ज सुख्खा बन्दरगाहमा खाली कन्टेनरको झमेला, हटाउन पहल

कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो रेल सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको थियो ।

लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइन...

लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेवापतको बक्यौता महसुल तिर्न सुरू गरेका छन्।

भुपेन्द्र र स्नेहा बने कान्स रेड कार्पेटमा हिंडने पहिलो नेपाली उद्यमी

डग्सी च्युका संस्थापक भूपेन्द्र खनाल (सीईओ) स्नेह शर्मा (कम्पनीका सीएमओ) कान्स रेड कार्पेटमा हिंड्ने पहिलो नेपाली उद्यमी बनेका छन् । खनाल र शर्मालाई क्यान्स २०२६ मा निमन्त्रणा गरिएको थियो ।

तुलनात्मक लाभका वस्तु र प्रतिस्पर्धी क्षमता विस्तारमा जोड दिनु आवश्यक :परराष्ट्रमन्त्री...

परराष्ट्रमन्त्री आरजु राणा देउवाले सिंगो सरकार नै देशको समग्र आर्थिक विकास र समृद्धिका लागि काम गरिरहेको बताएकी छिन्।

शिवम् सिमेन्टको नाफामा सुधार, प्रतिशेयर आम्दानी २४.९८ रुपैयाँ

शिवम् सिमेन्टको खुद नाफामा सुधार आएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३१.९४ प्रतिशतले बढेको छ ।

एनआरएनहरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न अध्यक्ष ढकालकाे आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

महिला नेतृत्व सम्मेलन चैत्र ३ गते हुँदै

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले अन्तर्राष्ट्रिय स्तरको दोस्रो वमन लिडरसिप समिट २०२५ यही चैत्र ३ गते काठमान्डौंमा आयोजना गर्ने भएको छ ।...

‘आन्तरिक खपत वृद्धि गर्दै आर्थिक समृद्धिका लागि बिजुली निर्यात पनि गर्नुपर्छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आजको प्रमुख कार्यभार भएको बताएका छन् ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ र डिजेल र मट्टितेलमा भने एक रुपैयाँले मूल्य वृद्धि भएको हो ।