आज तीज पर्व, देशभर मनाईदैं

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ ।

एनपीएलको मार्की प्लेयर टुंगो लाग्यो, ८ वटै टिमले पाए

मार्की प्लेयरले एनपीएल खेलेवापत २० लाख रुपैयाँ पाउने बताइएको छ ।

आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीलाई बिदा

सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।

आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा बिदा

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ ।

बुधबारबाट पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा आज रातिदेखि शुक्रबार रातिसम्म भारी वर्षाको सम्भावना छ ।

पाँच प्रदेशमा क्यान्सरको उपचार सेवा बिस्तार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने भएको छ। यससम्बन्धी मन्त्रालयले कार्यविधि नै बनाएको छ। मन्त्री प्रदीप पौडेलले बुधबार क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गरेका हुन्।

पठाओ दसैँ महोत्सव सुरू, बम्परमा होण्डा साइन साथै १ प्रतिशत कमिसन अफर

काठमाडौं । नेपालको लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले 'पठाओ दसैँ महोत्सव २०८१' सुरू गरेको छ । महोत्सव असोज १७ गतेसम्म चल्ने पठाओ नेपालकी...

कोजाग्रत पूर्णिमा आज, दसैं सकिँदै

नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि बुधबारदेखि समापन हुँदैछ ।

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारी दरवारमार्ग कन्सर्ट, प्रधानमन्त्री सहभागी

संविधान दिवसको अवसरमा सरकारले बिहीबार काठमाडौंको दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना गरेको छ । संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

काठमाडौंमा रातभर भारी वर्षा, सतर्क रहन आह्वान

काठमाडौंमा आज रातभर भारी वर्षा भएको छ । वर्षासँगै बाढीको जोखिम भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।