आज तीज पर्व, देशभर मनाईदैं
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ ।
एनपीएलको मार्की प्लेयर टुंगो लाग्यो, ८ वटै टिमले पाए
मार्की प्लेयरले एनपीएल खेलेवापत २० लाख रुपैयाँ पाउने बताइएको छ ।
आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीलाई बिदा
सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।
आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा बिदा
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ ।
टी-२० आइ सिरिज : नेपालले ओमानलाई हरायो
कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनमा नेपालले त्रिकोणात्मक टि–२० आई सिरिजमा ओमानलाई ५६ रनले हराउँदै उपाधि जित्ने सम्भावना कायमै राखेको छ । १५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रनमा अल आउट भयो ।
दशैंको आज पाचौं दिन : स्कन्दमाताको पूजा आराधना
आज बडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो ।
प्रधानमन्त्रीलाई राष्ट्रपतिले लगाइदिए दसैंको टिका
राष्ट्रपति भवन शीतल निवासमा अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका लगाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई टीका लगाइदिएका छन् ।
साफ फुटबलको दोस्रो ठूलो मेला वुमन्स च्याम्पियनसिप आजबाट काठमाडौंमा, भारत र पाकिस्तान भिड्दै
दक्षिण एसियाली क्षेत्रको ठूलो फुटबल प्रतियोगिता साफ वुमन्स च्याम्पियनसिप पुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । च्याम्पियनसिपको उद्घाटन खेलमा समूह ए मा रहेका भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।
टी-२० सिरिजमा नेपाल र अमेरिकाबीच खेल जारी
नेपालले पहिलो टी–२० आई खेलमा घरेलु टोली अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकाले २० रनमा २ विकेट गुमाइसकेको छ ।
नेपाल र अमेरिकाबीच अन्तिम टी–२० खेल जारी
काठमाडौं । तेस्रो तथा अन्तिम टी–२० आई खेलमा नेपाललाई अमेरिकाले १५७ रनको लक्ष्य दिएको छ । डालासमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५...