भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
पेट्रोल र डिजेलबाट चल्ने व्यक्तिगत तथा विद्युतीय सबै (व्यक्तिगत तथा सार्वजनिक) सवारी खरिदमा अब हायर पर्चेज कर्जा दिने कम्पनीले पनि मूल्यको ६० प्रतिशतसम्म मात्र ऋण दिन पाउने गरी नेपाल राष्ट्र बैंक सर्कुलर जारी गरेको छ ।
काठमाडौंको बबरमहलमा आज बिहान गरिएको प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा सवारी साधन कारबाहीमा परेका छन्।
शीतलहरले सडक चिप्लो भएपछि पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा सवारी साधन आवागमन बन्द भएको छ ।
काठमाडौं । पोखरामा जारी वाडा अटो शो २०२५ मा सिजिका तीन प्रमुख ईभि अनावरण गरिएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्द्घाटन गरेको कार्यक्रम नेपालको विद्युतीय सवारी साधन बजारमा एक महत्वपूर्ण कोसेढुंगा सावित भएको बताइएकाे छ। ...
नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र र घाइतको सङ्ख्या १८ पुगेको छ । वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो ।
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ ।
यसै पनि पानी परेको समयमा मोटरसाइकल चलाउन धेरै गाह्रो हुन्छ । पानी परेको अवस्थामा सडक चिप्लो हुने कारणले पनि सडक दुर्घटनको जोखिम पनि बढी हुन्छ ।
गत वर्ष, चीनमा ८० लाखभन्दा बढी विद्युतीय सवारी साधनहरू बिक्री भएका थिए । जुन विश्वव्यापी विक्रीको ६० प्रतिशत हो ।