सार्वजनिक यातायात क्षेत्रको संरक्षण र अधिकार सुनिश्चितताको माग गर्दै जारी आन्दोलनमा नेपाल ट्रक यातायात व्यवसायी महासंघ सक्रिय रुपमा सहभागी हुने भएको छ। महासंघको आज बसेको कार्यसमिति बैठकले सार्वजनिक यातायात बचाउ केन्द्रिय संघर्ष समितिले निर्धारण गरेका विरोध कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने निर्णय गरेको हो।
बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
जगदम्बा मोटर्सले बहुप्रतिक्षित मलेसियन कारनिर्माता प्रोटोनको कम्प्याक्ट एसयुभी प्रोटोन एक्स ५० गाडी सार्वजनिक गरेको छ ।
चक्काजामको कार्यक्रम फिर्ता लिन सहमत भएका हुन्।
गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १७४ जना घाइते भएका छन् ।
दशैंको समयमा सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य राख्नु पर्ने भएको छ । चाडपर्वमा यात्रा थप सुरक्षित बनाउने उदेश्यसहित यस्ताे निर्णय गरिएको हाे ।
जीप र माइक्रोबस आउँदो असार १ गतेदेखि गोंगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् । माइक्रोबस तथा जीप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आउँदो शुक्रबारदेखि जीप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।
काठमाडौं उपत्यकामा नेपाल प्रहरीले बस सञ्चालन गरेको छ । यातायात व्यवसायीहरूले सवारी साधन बन्द गरेपछि सर्बसाधारणले सास्ती भाेग्नुपरेकाे भन्दै प्रहरीले बस सञ्चालनमा ल्याएको हो ।
मृत्यु हुनेमा रौटहतको गुजरा नगरपालिका–७ परसवा बस्ने अन्दाजी २५ वर्षीय रोशन चौधरी र सप्तरी बसवलपुर नगरपालिका–७ बस्ने २८ वर्षीय महेश पण्डित रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।