बाढी पहिरोमा वेपत्ता भएका परिवारले अब मृतक सरह क्षतिपूर्ति पाउने

सरकारले बाढी पहिरोजस्ता विपदमा बेपत्ता भई १० दिनसम्म फेला नपरेका व्यक्तिको परिवारलाई मृतकलाई सरह राहत दिने भएको छ ।

मौद्रिक नीतिबाट उत्साहित अर्थमन्त्री

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा विद्यमान समस्याहरुलाई सम्बोधन गर्न सहयोग गर्ने बताएका छन् । मौद्रिक नीति जारी गरेपछिआफ्नो कार्यकक्षमा भेट्न आएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग अर्थमन्त्री पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पाँचथर विष्फोटका घाइतेको सरकारले निशूल्क उपचार गर्ने

सरकारले पाँचथरको फालेलुङ गाउँपालिका ५ डाँडागाउँमा युद्धकालको बेवारिसे बम विस्फोटमा परी घाइते भएका दुई बालकको निःशुल्क उपचार गर्ने भएको छ ।

कति छ आजको विनिमय दर ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ८७ पैसा र बिक्री दर १४९ रुपैयाँ ५४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७७ रुपैयाँ ३२ पैसा र बिक्री दर १७८ रुपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५७ रुपैयाँ ०२ पैसा र बिक्री दर एक सय ५७ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।

तेस्रो त्रैमासको आर्थिक वृद्धिदर २.२ प्रतिशत मात्र

नेपालमा गत आव २०८०\८१ को तेस्रो त्रैमासमा २.२ प्रतिशत मात्र आर्थिक वृद्धि भएको पाइएको छ । व्यापार र निर्माणसहित अर्थतन्त्रका आधा दर्जन क्षेत्र ऋणात्मक रहँदा तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर खुम्चिन पुगेको हो ।

अर्थतन्त्रमा आशाको दियो बाल्नेछु : अर्थमन्त्री

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रका क्षेत्रमा आशाको दियो पाल्ने प्रयास भइरहेको बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) का प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेको दाबी गरे ।

लगानी बोर्डमार्फत २ खर्ब ७१ अर्ब लगानी स्वीकृत

लगानी बोर्डमार्फत एक वर्षको अवधिमा २ खर्ब ७१ अर्ब २६ करोड लगानी स्वीकृत भएको छ । एक वर्षमा स्वीकृत भएको अधिकांश लगानी जलविद्युत आयोजनामा आएको छ ।

पेट्रोलियम पदार्थको भाउ घट्यो

नेपाल आयल निगमनले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य घटाएको हो ।

विश्व बैंकले नेपाललाई दिने बजेटरी सहायता बढाउने

विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहायता वृद्धि गर्ने जानकारी दिए ।

गठ्ठाघर दुर्घटनामा सुरक्षा संयन्त्रको कमजोरी भए छानविन गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिएका छन् ।