हिमालयन बैंकको नेतृत्वमा ४० मेगावाटको माथिल्लो चमेलियाको वित्तीय व्यवस्थापन सम्पन्न

काठमाडौं, ११ असोज । अपि पावर लिमिटेडले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ ।

यस आयोजना निर्माणका लागि जम्मा रु. ७ अर्ब ४० करोड लगानी लाग्ने अनुमान गरिएको छ । कुल लागतमध्ये ३० प्रतिशतले हुने रकम रु. २ अर्ब २२ करोड कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरी २ चरणमा रकम संकलन गरी लगानी गर्ने योजना बनाई काम गरिरहेको छ ।

बाँकी ७० प्रतिशतले हुने रकम रु. ५ अर्ब १८ करोड हिमालन बैंक लिमिटेडको अगुवाईमा क्रमशः कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेड सहभागी भई आयोजनाको सह–वित्तियकरण बनाई बैंक ऋण प्रवाह गर्ने छन् ।

यस सम्बन्धमा वित्तिय व्यवस्थापन गर्ने सम्झौता आइतबार सम्पन्न भएको छ ।
सुदुरपश्चिम प्रदेश, दार्चुला जिल्ला, अपि हिमाल र मार्मा गाउँपालिका भई वहने चमेलिया नदीमा आयोजना निर्माण गरिने छ ।

अपि हिमाल गाउँपालिकाको ओखल भन्ने स्थानमा यस आयोजनाको बाँध बनाई ६ किलोमिटर लामो ३.२ डायामिटरको पेनस्टक पाईपको सहायताले चमेलिया नदीको पानी फर्काई मार्मा गाउँपालिकाको घट्टेगाढ भन्ने स्थानमा विद्युत गृह निर्माण गरिनेछ ।

त्यहाँ उत्पादन गरिएको बिजुली १६ किलोमिटर लामो १३२ के.भी. ट्रान्समिसन लाईनमार्फत नेपाल विद्युत प्राधिकरणको वलाँच सवस्टेशनमा ल्याई राष्ट्रिय ग्रिडमा जोडिनेछ ।

यस आयोजनाबाट वार्षिक २६ करोड ४१ लख युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत मध्ये ३० प्रतिशत हिँउदका ६ महिनामा र बाँकी ७० प्रतिशत वर्षाका ६ महिनामा उत्पादन हुनेछ । यस आयोजनाको विद्युत बिक्रिबाट प्रथम वर्ष रु. १ अर्ब ६२ करोड आय आर्जन हुनेछ । यस आयमा ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले वृद्घि हुँदै जानेछ ।

यो आयोजना निर्माणका लागि शेयरधनीहरुबाट स्वपूँजी जुटाउनका लागि २०७५ असारमा कायम चुक्ता पूँजी रु. १ अर्ब १३ करोडको २ः०.४७ को अनुपातमा रु. ५६.७० करोडको हकप्रद शेयर जारी गर्नका लागि मिति २०७६ फागुन १२ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको कम्पनीले बताएको छ । कम्पनीको हालको चुक्ता पूँजी रु. १ अर्ब १९ करोड रहेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा कम्पनीले ५ प्रतिशतका दरले शेयरधनीहरुलाई वोनश सेयर प्रदान गर्ने निर्णय गरेको छ । सो आवको ५ प्रतिशतको वोनश शेयर सम्बन्धित शेयरधनीहरुको खातामा हाल्ने हो भने कम्पनीको चुक्ता पूँजी रु.१ अर्ब १९ करोड बाट ५ प्रतिशतले बढ्न जानेछ र कम्पनीलाई प्राप्त १ बराबर ०.४७ को हकप्रद शेयरको समिकरण बिग्रने छ ।

यस कारण हकप्रद जारी गरे पश्चात कम्पनीले ५ प्रतिशतको बोनश शेयर सम्बधित शेयरधनीहरुको खातामा जम्मा गर्ने जानकारी दिएको छ ।

यसपछि कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा आर्जित नाफाबाट दोहोरो अंकमा शेयरधनीहरुलाई लाभांश उपलब्ध गराउनेछ ।

अपि २०६० सालमा स्थापना भएको कम्पनी हो जुन २०७० सालमा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो ।

कम्पनीको हालको अधिकृत पूँजी रु. ५ अर्ब, जारी पूँजी रु.४ अर्ब र चुक्तापूँजी रु. १ अर्ब १९ करोड रहेको छ ।

कम्पनीले आफ्नो लगानी तथा बैक ऋणबाट सुदुर पश्चिम प्रदेश, दार्चुला जिल्लामा वहने नौगड गाढ नदीको पानी उपयोग गरी प्रथम आयोजनाको रुपमा ८.५ मेगावाट क्षेमताको नौगड गाढ जलबिद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ भदौदेखि राष्ट्रिय ग्रिडमा बिद्युत प्रवाह गरी व्यापारिक उत्पादन गरिरहेको छ ।

सुदुर पश्चिम प्रदेशमा निजी लगानीबाट १७ महिना भित्र निर्माण गरी संचालन भएको यो नै पहिलो जलविद्युत आयोजना हो । कम्पनीले दोश्रो आयोजनाको रुपमा सोही नदीको पानी उपयोग गरी ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना २०७६ कात्तिकबाट व्यापारिक उत्पादन गरी राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गरिरहेको छ ।

सम्बन्धितः

नेप्सेमा २ अर्ब ६३ करोडको कारोबार, जलविद्युतमा लगानीकर्ताको आकर्षण कायमै

माथिल्लो रावाखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो

तनहुँ जलविद्युतको केवल टनेलको ‘ब्रेक थ्रु’

त्रिशुली रिभर बेसिनमै ३६ जलविद्युत आयोजना, विश्वकै दुर्लभ स्वर्ण महाशिर माछा संकटमा

मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता एनएमबी बैंक

नेप्सेमा सूचीकृत ५० प्रतिशत जलविद्युत् कम्पनीको सेयर मूल्य आइपीओभन्दा सस्तो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here