ग्लोबल आइएमई बैंकको ‘तीज क्यासब्याक’ योजना सार्वजनिक
ग्लोबल आइएमई बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरुलाई लक्षित गर्दै विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।
एनएमबि बैंकले ल्यायो विशेष सुविधायुक्त ‘स्मार्ट नारी बचत खाता’
एनएमबि बैंकले महिला वर्गलाई लक्षित गरी आकर्षक बचत योजना ‘एनएमबि स्मार्ट नारी बचत खाता’ योजना ल्याएको छ ।
पैसा धेरै भएपछि आज फेरी ४० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक
राष्ट्र बैंकले आज बुधबार ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिनमिल्ने रकम (तरलता) धेरै भएपछि अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक रामु पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक रामु पौडेल तोकिएका छन्। गभर्नरको कार्यालयले उनलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । सा् जिम्मेवारी आजदेखि लागु हुने छ ।
अर्थशास्त्रमा एमफील र व्यवस्थापनमा स्नातकोत्तर गरेका पौडेल...
शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा
चालु आर्थिक वर्षको दोस्रो महिनामा शोधनान्तर स्थिति (देशमा भित्रिने र बाहिरिने मुद्राको अन्तर) २३ अर्ब ६८ करोडले घाटामा रहेको छ ।
चालू खाता ५४ अर्ब ६७ करोड घाटामा, शोधानान्तर बचत २ खर्ब १४ अर्ब
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार बैशाख मसान्तसम्ममा शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको छ ।
शनिवार दुई घण्टाको लागि आरटीजीएस प्रणाली खुला रहने
नेपाल राष्ट्र बैंकले शनिबार दुई घण्टाको लागि आरटीजीएस खुला राख्ने भएको छ ।
ग्लोबल आइएमई बैंकको २७३ औँ एटीएम बुटवलको देवीनगरमा
ग्लोबल आइएमई बैंक लिमिटेड देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोश्रो एटिएम सेवा सञ्चालनमा ल्याएको छ । नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २७३ पुगेको छ ।
लघुवित्तसँग सम्बन्धित समस्या छन् ? राष्ट्र बैंकले माग्यो सुझाव
नेपाल राष्ट्र बैंकले लघुवित्तका समस्या र समाधानका उपायबारे सुझाव मागेको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायबारे अध्ययन गर्न समिति गठन गरेको छ । सो समितिले सरोकारवाला निकायबाट सुझाव माग गरेको हो ।
ग्लोबल आइएमई बैंकद्धारा सरकारी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ ।
































