बैंक/ बिमा

तीन स्थानीय तह अझै वाणिज्य बैंक विहीन, एक वर्षमा एक पालिकामा मात्र शाखा विस्तार

बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार २ सय १५ वटा पुगेको छ । गत असार मसान्तसम्म शाखा संख्या ९ हजार ७ सय ६५ रहेको थियो । २०७३ असारमा यो संख्या ४ हजार २७४ मा सीमित थियो ।

नबिल बैंकका ५ शाखा स्थान्तरण हुँदै, कुन शाखा कहाँ सार्दै ?

ती शाखाहरुमा लकरमा राखिएका आफ्ना सामानहरु पुस ७ गतेभित्रै निकाल्न बैंकले ग्राहकलाई अनुरोध गरेको छ । शाखा स्थान्तरण हुँदा सामान टुटफुट भएमा आफू जिम्मेवार नहुने बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीको ओभरटाइम अधिकार सुनिश्चित

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको पहलमा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको श्रम अधिकार सुनिश्चित भएको छ ।

तीन दिनमै बैंकबाट ७ अर्ब निक्षेप बाहिरियो, सीडी रेसियो ८८.४७ प्रतिशत

असार मसान्तपछि निरन्तर घट्दै गएको बैंकहरुको निक्षेप तीन दिनमै सात अर्ब निक्षेप घटेको छ। नेपाल बैंकर्स संघका अनुसार साउनको अन्तिम सातामा निक्षेप १२ अर्ब बढेको निक्षेप भदौ ३ मा आइपुग्दा ७ अर्ब बाहिरिएको हो ।

नेपाल लाइफ इन्स्योरेन्स एनपिएसमा आबद्ध

नेपाल लाइफ इन्स्योरेन्स पनि अब एनपिएसमा आबद्ध भएको छ।

एक सातामै ६२ अर्बले बढ्यो निक्षेप, सीडी रेसियो ८८.५७ प्रतिशतमा सीमित

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार एक सातामा बैंकहरूको निक्षेपमा ६२ अर्बले वृद्धि भएर ४४ अर्ब ९४ करोड रूपैयाँ पुगेको हो।

बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्ने समयसीमा तीन महिना थप

यसअघि चैत मसान्तसम्मका लागि तोकिएको उक्त समयसीमालाई प्राधिकरणबाट यही वैशाख ३ गते स्वीकृत भएको ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०८०’ ले असार मसान्तसम्म बढाएको हो ।

नेपाल बैंकले कमायो ३ अर्ब २६ करोड नाफा, प्रतिशेयर आम्दानी कति ?

नेपाल बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९६ करोड रुपैयाँ नाफा कमाएको थियो।

ग्लोबल आइएमई बैंकको ‘तीज क्यासब्याक’ योजना सार्वजनिक

ग्लोबल आइएमई बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरुलाई लक्षित गर्दै विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

पैसा धेरै भएपछि आज फेरी ४० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक

राष्ट्र बैंकले आज बुधबार ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिनमिल्ने रकम (तरलता) धेरै भएपछि अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।