सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द

पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि आजदेखि यही फागुन सात गतेसम्म दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ । सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ ।

अब नेपालमै सुरुङ इञ्जिनीयरिङमा स्नातकोत्तर गर्न सकिने

पोखरा, १६ कात्तिक । अब नेपालमै चट्टान तथा सुरुङ (टनेल) इञ्जिनीयरिङ विषयमा स्नातकोत्तरसम्मको अध्ययन गर्न सकिने भएको छ । इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर...

निजी आवास पुनर्निर्माणका लागि भारतले दियो १ अर्ब सहयोग

राजदूत क्वात्राले ट्वीटमा उल्लेख गरे अनुसार उक्त रकम ‘गोरखा र नुवाकोटमा आवास पुनर्निर्माण परियोजनाहरुको लागि खर्च गरिनेछ ।

गोरखाबाट काठमाडौं छुटेको बस हरायो, खोजी गर्न आह्वान

शुक्रबार धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ । शुक्रबार रातिदेखि बस कहाँ छ भन्ने नखुलेको गोरखा दरौंदी यातायात सेवा प्रालिका अध्यक्ष नारायण खत्रीले बताए । उक्त यात्रुवाहक बस शुक्रबार बिहान ७ बजे लापुबाट छुटेको उनले बताए ।

एमसीसी परियोजना छिटो शुरु गरौं : अर्थमन्त्री

संसद्बाट अनुमोदन भएपछि एमसिसी र अर्थमन्त्री शर्माबीच पहिलो पटक बैठक भएको हो । त्यसक्रममा उनले एमसीसी अनुमोदन प्रकृयामा केही समस्या देखिएपनि कार्यान्वयन चरणमा गएपछि कुनै पनि समस्या आउन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।