टेस्लालाई चुनौंती दिने तयारीमा चिनियाँ कार निर्माता कम्पनी ‘जिली’

काठमाडौं । चीनको सबैभन्दा ठूलो कार निर्माता कम्पनी जिलीले सुविधासम्पन्न विद्युतीय कार बनाउने घोषणा गरेको छ । उक्त कारले टेस्लालाई चुनौती दिने जनाइएको छ।

भोल्भो र लोटस कारको स्वामित्व लिएको चिनियाँ कम्पनीले मंगलवार चिनियाँ बजारलाई लक्षित गरेर जीकर विद्यूतीय कारको घोषणा गरेको हो।

यसअघि विश्वको सबैभन्दा ठूलो इलेक्ट्रिक सवारी उत्पादक अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सिईओ एलन मस्कले चीनमा कार्बन उत्सर्जन नियन्त्रण गर्ने योजना पेश गरेका थिए ।

‘जिली’को कार कहिलेसम्म आउँछ ?

कम्पनीका अनुसार २०२१ को तेस्रो क्वाटरमा पहिलो पटक बजारमा उपलब्ध हुनेछ । जीकर ब्राण्ड जस्तै उच्च क्वालिटीको इलेक्ट्रोनिक कार निर्माण गर्ने जिलीले दाबी गरेको छ ।

कम्पनीले पहिले नै धेरै ब्रान्ड अन्तर्गत प्रिमियम इलेक्ट्रिक कारहरू बनाउँदै आएको छ । भोल्भोको स्वामित्वमा रहेको यस कम्पनीले पोलस्टार इलेक्ट्रिक कार उत्पादन गर्दछ । यसको मुख्यालय स्वीडेनमा छ र कार चीनमा निर्माण हुँदै आएको छ ।

‘जिली’को स्वामित्वमा लन्डन ईभी कम्पनी पनि छ जसले क्याबहरू निर्माण गर्दछ । जो अहिले हाइब्रिड ट्याक्सी बनाउँदैछ । यो ट्याक्सी पेट्रोल र ब्याट्री दुवैबाट चल्छ ।

जिकरले चीनमा टेस्लासंग निकै ठूलो प्रतिस्पर्धा गर्नुपर्ने विश्लेषण हुने गरेको छ । किनभने टेस्लाको इलेक्ट्रिक कार विगत तिन वर्षदेखि चीनमा सबैभन्दा बढी बिक्रि हुने कार हो ।

टेस्लाको अलवा जीकरले अन्य चिनियाँ कम्पनीहरु जस्तै निओ, एक्सफेग र ली अटोसँग पनि प्रतिस्पर्धा गर्नुपर्नेछ । किनकि यी कम्पनीका कारपनि पछिल्लो समय चीनमा निकै ब्रिकी हुने गरेको छ ।

‘जिली’को मूख्य नजर चीनमा

चिनियाँ सरकारले सन् २०२५ सम्ममा देशभर २० प्रतिशत इलेक्ट्रिक कार पुर्याउने लक्ष्य लिएको छ ।

जिकरको प्रारम्भिक रणनीति चीनमा केन्द्रित हुनेछ, तर प्रीमियम कारहरूको मागलाई ध्यानमा राखेर यसले विदेशमा रहेको अवसरमा पनि ध्यान राख्नेछ । जिकर अब पूर्वी चीनको हेफेईस्थित लिंगलिंग टेक्नोलोजी नामक नयाँ कम्पनी अन्तर्गत काम गर्नेछ ।

जीलीले सन् २०२० मा कुल १३.२ लाख गाडी बेचेको दाबी गर्दै आएको छ ।

एलन मस्कको चीन अभियान

चिनियाँ सरकारले टेस्ला सवारीको प्रयोग सेना र केही सरकारी कर्मचारीहरूमा सीमित गरेको छ । टेस्ला कारमा अवस्थित क्यामेराबाट संकलित डाटालाई कसरी प्रयोग गर्ने भनेर सरकार चिन्तित छ ।

एलन मस्कले केही समयअघि एउटा भिडियो कलमा चिनियाँ नेताहरू र व्यवसायीहरूसँग कुराकानी गरेका थिए ।

उनले उक्त भिडियो कलमा टेस्लाले चीन वा अन्य कुनै देशको डेटा संकलन गेरेर अमेरिकी सरकारलाई नदिने समेत प्रतिवद्धता गरेका थिए । यो सबै कुरा भ्रमात्मक रहेको समेत उनले बताएका थिए ।

टेस्लाको कुल वैदेशिक आम्दानी ३१.५ अर्ब डलर रहेकोमा त्यसको २० प्रतिशत हिस्सा चीनको छ । (बीबीसी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here