किन सुस्तायो क्लबहाउस ?

रक्षा रेग्मी

काठमाडौं । २०२१ को शुरुमा अडियो एप क्लबहाउसले मोवाइल स्क्रिनमा ठूलो धमाका ल्याएको थियो । हामीमध्य कमै थियौ जसको मोवाइलमा क्लबहाउस एप थिएन । तर अहिले धेरैले आफ्नो मोवाइलबाट क्लवहाउस हटाइसकेको छन् । एप डिलिट नगर्ने पनि क्लबहाउसमा त्यति सक्रिय छैनन् ।

२०२१ को फेब्रअरीमा १० लाख पटक क्लबहाउस डाउनलोड भएकोमा अप्रिलमा त्यसको संख्या घटेर १ लाखमा झरेको थियो । यसरी छोटो समय मात्र लोकप्रियता कमाएको क्लव हाउस अहिले ओरालो लाग्ने अवस्थामा छ ।

कोभिड महामारी तथा लकडाउनमा घरमा सिमित भएका अधिकांश मानिसहरुलाई क्लबहाउसले भर्चुअल सोसाइटी निर्माण गरिदियो । कोभिड १९ पछि बन्द भएका सार्वजनिक कार्यक्रम, जमघट तथा पार्टी र अन्तरक्रियात्मक कार्यक्रमको अभावलाई यसले पुरा गरिदिएको थियो । क्लबहाउस घरमा बसेर विभिन्न विषयवस्तुबारे जानकारी लिने, आफ्नो धारणा राख्ने, ध्यान गर्ने, पुस्तक सुन्ने तथा विभिन्न कार्यक्रम चलाएर पैसा कमाउने माध्यम समेत बनेको छ ।

लकडाउन खुलेर मानिसहरुको जनजीवन सामान्य बनेसँगै क्लवहाउसको चर्चा ह्वात्तै घटेको देखिन्छ । यसरी मानिहरु पून आफ्नो काम तथा व्यवसायमा व्यस्त हुन थालेपछी यसको प्रयोग घटेको देखिन्छ । त्यसो त क्लवहाउसजस्ता अन्य अडियो एपको सृजनाले यसलाई पछी पारेको हो ।

किन घट्यो त क्लव हाउसको लोकप्रियता ?

क्लबहाउसको सुस्ताउनुको विभिन्न कारणमध्य एक हो गलत सूचना प्रवाह । क्लबहाउसमा विभिन्न रुम सृजना गरेर जातीवादी तथा देशविरोधी बसहरु हुन थालेपछी त्यसको नकारात्मक टिप्पणी आउन शुरु भएको थियो । यसको उदाहरणको रुपमा चीनलाई लिन सकिन्छ ।

क्लबहाउसमा खुल्ला रुपमा राजनितीक बहस चल्छ थालेपछी चीन सरकारले यसलाई प्रतिबन्ध नै लगाएको छ । त्यस्तै यसमाथि युरोपेली सरकारहरुले गोपनियता नीति भंग गरेको भन्दै प्रश्न पनि उठाएका थिए ।

कोभिड १९ को बारेमा पनि क्लबहाउसका बहसहरुमा विभिन्न प्रकारका नकारात्मक हल्ला फैलाइएको थियो । नेपालको सन्दर्भमा पनि सेयर सम्बन्धि तथ्यहिन जानकारी दिएर कतिपयले अरुको लगानी डुवाएको उदाहरणहरु पनि छन् ।

क्लबहाउसमा सुरक्षाका मापदण्ड नअपनाइएको कारण यसको विश्वसनियतामा प्रश्न उठेको हो । कसैले घृणा फैलाउने वा अश्लील भाषण गरेमा के कारवाही गर्ने भन्नेबारे स्पष्ट सुरक्षा मापदण्ड बनेको छैन ।

त्यस्तै अर्को कारण स्पोन्सरसिप र व्राण्ड नहुनु हो । क्लबहाउसमा प्रायोजन गरिदिने तथा ब्राण्डको प्रवद्र्धनमा इच्छा राख्ने व्यवसायी नहुँदा पनी पैसा कमाउने बाटो भएन ।

यता, शुरुमा क्लबहाउस खरिद गर्ने हल्ला चलेपनी सामाजिक सञ्जाल ट्वीटरले क्लवहाउसकै नक्कल गरेर स्पेस चलाउन शुरु गर्यो ।

ट्वीटरको ‘स्पेस’ अप्रिलमा शुरु भएसँगै क्लवहाउसको डाउनलोड मासिक १ मिलियन भन्दा कम भएको देखिन्छ । त्यस्तै फेसबुकले जुनमा लाइभ अडियो रुम फिचर थप्यो । यसरी अन्य स्थापित भइसकेका सामाजिक सञ्जालले क्लवहाउस जस्तै सुविधा दिनथालेपछी यसको बजार खस्किएको हो ।

त्यस्तै प्रयोगकर्ताहरुले अडियोको गुणस्तरमा पनि प्रश्न उठाएका छन् । होहल्ला वा बाटोमा हिड्दै, काम गर्दै, क्याफेमा बसेर वा खराव नेटवर्क र माइक्रोपोनमा पनि बोल्न मिल्ने भएकोलेले अडियोमा समस्या आउन थाल्यो र कतिपय प्रयोगकर्ताहरु क्लवहाउस चलाउन छोडे ।

यो एपमा यौनिक अल्पसंख्यकमाथि घृणा,रंगभेद तथा लैंगिक असमानतामाथी अभिव्यक्रिहरु देख्न सकिन्छ । त्यस्तै यो एपमा अनावश्यक नोटिफिकेशन आएर हटाउन बाध्य भएको समेत केहीले सुनाउछन् ।

के हो क्लवहाउस

क्लव हाउस अडियो एप्लिकेसन हो । जसको स्थापना सिलिकन भ्यालीका उद्यमी पौल डेभिड्सन र रोहन सेठले गरेको थिए । सान फ्रान्सिस्कोमा आधारित सानो स्टार्टअप कम्पनी क्लवहाउस २०२० मार्चमा सुभारम्भ गरिएको थियो ।

मार्चबाट शुरु भएको क्लवहाउसमा मेसम्म यस एपमा १५ सय मात्र प्रयोगकर्ताहरु थिए । तर यसले छोटो समयमै करोडौं प्रयोगकर्ता बनाउन सफल भयो । यसमा हाई प्रोफाइल सेलिब्रेटी, उद्यमी तथा व्यक्तित्वहरु जोडिएका छन् ।

मोवाइलमा डाउनलोड गरिसकेपछी व्यक्तिगत विवरण भरेर प्रयोगकर्ताले रुम जोइन गर्न सक्छन् । विभिन्न विषयवस्तु अनुसार केही स्पिकर र अन्य सहभागी हुन्छन् । जसमध्ये एक जनाले मास्टर अफ सेरेमोनि एमसीको भुमिका निर्वाह गर्छन् ।

कुनै बिषयबस्तुलाई लिएर स्पिकरले आफ्नो धारणा राख्थे भने सहभागीहरुले त्यसबारे प्रश्न तथा जिज्ञासा राख्छन् । त्यसका लागी रेज ह्याण्ड भन्ने अप्सनमा क्लिक गर्नुपर्छ । मानिसहरुलाई मञ्चमा बोल्नका लागि आमन्त्रित गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here