लघुवित्तको निष्क्रिय कर्जा ८७.८३ प्रतिशतले वृद्धि, ७० मध्य २ संस्था मात्र घाटामा

काठमाडौं, २१ असार । गत आर्थिक वर्षमा लघुवित्त संस्थाहरुको निष्क्रिय कर्जा ८७.८३ प्रतिशतले वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकले सोमबार गत आर्थिक वर्षलाई आधार मानेर सार्वजनिक गरेको लघुवित्त वित्तिय संस्थाहरुको निरीक्षण तथा सुपरीवेक्षणसम्बन्धी वार्षिक प्रतिवेदनले निष्क्रिय कर्जा एक वर्षमा ८७.८३ प्रतिशतले वृद्धि भएको देखाएको हो।

त्यस्तै लघुवित्त संस्थाहरुको निष्क्रिय कर्जा अनुपात २.९७ प्रतिशत पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको हो। आर्थिक वर्ष २०७६-२०७७ मा ३.३६ प्रतिशत अर्थात् १०३.६३ प्रतिशतले बढेको थियो।

कोरोनाका कारण लघुवित्त संस्थाहरुको अघिल्लो आर्थिक वर्षमा निष्कृय कर्जा बढेको थियो तर गत आर्थिक बर्षमा भने कोरोना कम भएसँगै निष्कृय कर्जा पनि कम भएको राष्ट्र बैंकले दाबी गरेको छ।

राष्ट्र बैंकले प्रकाशन गरेको प्रतिवेदन अनुसार २०७८ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १४६.७१ प्रतिशतले वृद्धि भई रु. ११ अर्व ८७ करोड रहेको देखिन्छ ।

२०७८ असार मसान्तमा ब्याज आम्दानी रु.४५ अर्ब २४ करोड, व्याज खर्च रु.१८ अर्ब १५ करोड र संचालन आम्दानी रु.४१ अर्ब ५८ करोड रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा कुल ८४ वटा संस्थाहरु मध्ये १३ वटा खुद नोक्सानमा रहेकोमा यस आर्थिक वर्षमा कुल ७० वटा संस्थाहरुमध्ये ६८ वटा खुद नाफामा र २ वटा मात्र खुद नोक्सानमा रहेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here