एकपटक सोच्नुहोस् त ! कफी, आलु र बियर बिना कस्तो होला संसार ?

काठमाडौं । हामीलाई असाध्यै मन पर्ने खानेकुराहरु उत्पादन हुनै छाडे भने संसार कस्तो होला ?

कहिल्यै यस विषयमा सोच्नुभएको छ ? सोच्नुभएको छैन भने एकपटक सोच्नुहोस् त !

निकट भविष्यमै जलवायु परिवर्तनको कारण यस्तो अवस्था सिर्जना हुन सक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

वैश्विक तापक्रम वृद्धि र अस्वभाविक रुपमा जलवायु परिवर्तनको कारण जमीनमा खाद्यान्नहरुको उत्पादन कम हुनाको साथै पानीमा बस्ने माछा जस्ता जीवको अस्तित्व खतरामा पर्न सक्छ ।

आज हामी ती ५ खानेकुराहरुको बारेमा बताउन जादै छौं, जुन खाद्य पदार्थहरु भविष्यमा उत्पादन हुन छाड्छन् ।

१. कफी र चिया

संसारका धेरैजसो मानिसहरुको दिनको सुरुवात चिया वा कफीको चुस्कीबाटै हुन्छ ।

यदी तपाईं पनि चिया वा कफीको सौखिन हुनुहुन्छ भने तपाईंको लागि यो नराम्रो खबर हुन सक्छ ।

जलवायु परिवर्तनको कारण सन् २०५० सम्ममा अहिलेको भन्दा आधा मात्र कफी उत्पादन हुने कुरा वैज्ञानिकहरु बताउछन् ।

यतिमात्र नभएर सन् २०८० सम्ममा संसारका कतिपय जंगलहरुबाट कफी उत्पादन बन्द हुने बताइएको छ ।

संसारमा कफी धेरै मात्रामा निर्यात गर्ने राष्ट्रमध्ये तान्जेनिया एक हो । वैज्ञानिकहरुको अनुसार पछिल्लो ५० वर्षमा यहाँ कफी उत्पादनमा ५० प्रतिशत भन्दा धेरैले कमी आएको छ । र, कफीको उत्पादन गिरावट दर प्रत्येक वर्ष बढ्दै आएको छ ।

२. चकलेट

चकलेट पनि तापक्रम वृद्धिको कारण उत्पादन संकटमा पर्ने खाद्य पदार्थ मध्येको एक हो । चकलेटको मुख्य कच्चापदार्थ कोको फललाई धेरै तापक्रम पर्याप्त मात्रामा नरम आवश्यक हुन्छ । यो भन्दा पनि आवश्यक कुरा यसमा स्थिरता धेरै महत्वपुर्ण हुन्छ ।

यो फलको माग कफीकै मात्रामा छ । तापक्रम, पानी, माटोको गुणस्तर, घाम वा हावाको प्रभाव सबैभन्दा छिटो कोको फलमा पर्छ ।

अबको ४० वर्षमा घाना र आइभरीकोष्टको तापक्रम २ डिग्री बढ्ने अनुमान गरिएको छ । संसारमा उत्पादन हुने कोको फलको दुई तिहाइ यी दुई देशमा हुन्छ ।

यसबाट सहजै यो अनुमान गर्न सकिन्छ की सायदै अब भविष्यमा चकलेट सस्तो मूल्यमा प्राप्त हुन्छ ।

३. माछा

वैज्ञानिकहरुको अनुसार माछाको आकार पहिलेको तुलनामा सानो हुँदै गएको छ । किनकी समुन्द्रको तापक्रम वृद्धि भएको कारण पानीमा भएको अक्सिजन कम हुँदै गएको छ ।

धेरै मात्रामा कार्बनडाइअक्साइड मिसिएको कारण समुन्द्रको पानी अत्यन्त अम्लीय बन्दै गएको छ । जसको कारण जीवहरुलाई पानीमा बाच्न कठिन बन्दै गएको छ ।

यसको कारण विश्वभर माछाको संख्यामा ५ प्रतिशतले कमी आइसकेको छ । उत्तरी सागरमा त झन पहिलेको तुलनामा एक तिहाई मात्रै माछा उपब्ध रहेको कुरा वैज्ञानिकहरु बताउँछन् ।

४. आलु

जमिन मुनी उत्पादन हुने भएपनि पछिल्लो समय धेरै राष्ट्रमा आलुको उत्पादनमा कमी आएको छ । धेरै देशका आलु उत्पादक किसानहरु सुख्खापनको सिकार बन्दै गएका छन् ।

बेलायती मिडियाका अनुसार बेलायतमा सन् २०१८ मा भएको गर्मीको कारण आलु उत्पादनमा एक चौथाईले कमी आएको छ । यसका साथै हरेक प्रकारको आलु तीन सेन्टीमीटर सानो भएको पाइएको थियो ।

५. कोन्येक, ह्विस्की र बियर

दक्षिण र पश्चिम फ्रान्समा ६०० वर्ष पुरानो कोन्येक (एक प्रकारको ब्रान्डी) उद्योग संकटमा पेरेको छ । बढ्दो तापक्रमको कारण उक्त ब्राण्डीको लागि आवश्यक वा प्रसिद्ध अंगुरमा धेरै मात्रामा गुलियो बढेको कारण यस्तो संकट उत्पन्न भएको हो ।

त्यस्तै, उत्तरमा स्कटल्याण्डको प्रसिद्ध ह्विस्की उत्पादनमा पनि यस्तै संकट उत्पन्न भएको छ । जलवायु परिवर्तनको कारण यसको लागि आवश्यक ताजा पानीको संकट भएको कारण यस्तो समस्या आएको बताइएको छ ।

पछिल्लो समय बढेको गर्मीको कारण संसारका धेरै ह्विस्की उद्योगहरु बन्द गर्न परेको थियो ।

बियर बनाउने उद्योगहरु पनि यस्तै प्रकारका संकटबाट ग्रसित छन् । चेक रिपब्लिक तथा अमेरिकी बियर उत्पादक उद्योगहरु ताजा पानीको अभाव, पानी कम पर्दा बियरको लागि आवश्यक पर्ने कच्चापदार्थको उत्पादन हुने छाडेपछि यस्तो समस्या आएको हो ।

(बीबीसी हिन्दीबाट अनुदित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here