Tag: ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकका ग्राहकलाई कतार एयरवेजको टिकट किन्दा १० प्रतिशत छुट

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम् डेबिटरक्रेडिटरप्रिभिलेज कार्ड बाहकले अनलाइन बुकिङमार्फत कतार एयरवेजको टिकट खरिदमा १० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण खर्ब नाघ्यो

ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण पनि एक खर्ब रुपैयाँ माथि पुगेको छ।

ग्लोबल आइएमई बैंकको नयाँ शाखा धनुषाको ढल्केबरमा

बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच धनुषा जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गरेका छन् ।

पाल्पाको हुमिनमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा

बैंकले पाल्पाको रम्भा गाउँपालिका वडा नं. ४, हुमिन (ग्याङ्गसिंग पोखरा)मा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन रम्भा गाउँपालिका वडा नं.४ का वडाअध्यक्ष भोजबहादुर बिकले गरे । शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिमा बिष्णु बहादुर बोम्रेल नियुक्त गरिएको छ ।

ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध सहकारीबीच समझदारीपत्रमा हस्ताक्षर

ग्लोबल आइएमई बैंक लिमिटेड र चितवनको भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

पुँजीकोषको आधारमा कृषि विकास बैंक सबैभन्दा ठूलो, कुल पुँजीकोष कति ?

नेपाल राष्ट्र बैंकले आन्तरिक बैंकिङ क्षेत्रको पुँजी पर्याप्तता अनुपात अनुगमन/मूल्यांकन प्रयोजनका लागि तयार पारेको बासेल-थ्री को एक विवरण अनुसार आर्थिक वर्ष २०७६/७७ को अन्त्य सम्ममा ३१ अर्ब ३८ करोड रूपैयाँको कुल पुँजीकोष सहित कृषि विकास बैंक नेपालको सबैभन्दा ठूलो बैंक बनेको हो ।

१६ प्रतिशत लाभांश पारित गर्दै ग्लोबल आइएमई बैंकको १४औं वार्षिक साधारण...

बैंकको कर्पोरेट भवन कमलादीमा आर्थिक वर्ष २०७६/७७ को कुल मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने निर्णयलाई पारित गर्दै बैंकको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा कञ्चनपुरको कलुवापुरमा

ग्लोबल आइएमई बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४४ पुगेको छ ।

यी बैंकमा पाइन्छ सस्तो ब्याजमा कर्जा र बचतमा धेरै ब्याज

निक्षेपको ब्याज धेरै नघटोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले मुद्दती र साधारण निक्षेपमा दिइने ब्याजको अन्तर ५ प्रतिशत भन्दा कम नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएकको छ । तर, बैंकहरुले राष्ट्र बैंकको निर्देशनको धज्जी उडाउदै बचतको ब्याज धेरै तल झारिसकेका छन् ।

ग्लोबल आइएमई बैंकका २ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

ग्लोबल आइएमई बैंकले बर्दियाको राजापुर बजार र बाग्लुङको लेखनीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यी शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २४१ पुगेको छ ।