मानिसहरु संक्रमणबाट बच्न शारीरिक दूरी राख्नेलगायत सावधानी अपनाइरहेले घरजग्गा किनबेचको असर पुगेको व्यवसायीको दाबी छ । कोभिड १९ का कारण कारोबार घटेसँगै जग्गाको मूल्य समेत स्थिर रहेको छ ।
महामारीले अरु सबैजसो क्षेत्र आक्रान्त भएका बेला घरजग्गा कारोबार पनि शिथिल बन्न पुगेको हो। कोभिड–१९ महामारीबाट सिर्जित अन्यौल र न्यून आर्थिक गतिविधिका कारण घरजग्गा कारोबर नाटकीय रुपमा धरासायी बनेको तथ्याकले देखाएको छ ।