सन् १९९० मा पहिलोपटक नेपालमा क्रेडिट कार्डको शुरुआत भएको थियो भने सन् २००२ मा पहिलोपटक कुमारी बैंकले ई–बैंकिङको शुरुआत गरेको थियो । अहिले नेपालमा १३ वटा पेमेन्ट सर्भिस प्रोभाइडर छन् भने नौवटा पीएसओ (पेमेन्ट सर्भिस अपरेटर) सेवा राष्ट्र बैंकको अनुमतिबाट सञ्चालनमा छन् ।