नेपालमा पर्याप्त भटमास उत्पादन भएर तेल निकाली विदेशी निर्यात भएको भने होइन । विदेशबाटै तेल आयात गरेर त्यसलाई फेरि भारततर्फ निर्यात गरिएको हो । नेपाल हुँदै भारततर्फ भटमासको तेल निर्यात गर्दा फाइदा हुने देखेर व्यापारीहरूले नेपाललाई अन्तर्राष्ट्रिय कारोबारको ट्रान्जिट मात्रै बनाएका हुन् ।