काठमाडौंको कमलादीमा सम्पन्न हुने महाधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । अध्यक्ष कटुवालका अनुसार महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
महासंघका अध्यक्ष नरेश कटुवालले एक विज्ञप्ति जारी गर्दै व्यवसायिक घरभाडा मिनाह गर्नुपर्ने, ५ प्रतिशत ब्याजदरमा बिना धितो कर्जा उपलब्ध गराउनुपर्ने, एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनरहरु तुरुन्तै ल्याउन पहल गर्नुपर्ने माग गरेका छन् ।