पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसायिक उडानका लागि तोकिएको मिति आउन अब ठ्याक्कै १५ दिन बाँकी छ । सरकारले १ जनवरी २०२३ बाट व्यवसायिक रुपमा विमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरेको छ । तर, यसबीचमा व्यवस्थापनका धेरै काम थाँती रहेको छ ।
चिनिँया ऋण सहायतामा निर्माण भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अब परीक्षण गरिने भएको छ । क्यालिब्रेसन उडानबाट विस्तृत यान्त्रिक परीक्षण गर्न एरोथाई कम्पनीको विशेष जहाज नेपाल आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ५ मंसिरबाट ११ मंसिर सम्म पोखरामा क्यालिब्रेसन उडान गरिने छ ।