भारतभन्दा कैयौं गुना सानो अर्थतन्त्र नेपालमा भने ४ लाख रुपैयाँको आयदेखि नै कर तिर्नु पर्छ । त्यस्तो करको सबैभन्दा न्यून दर नै १५ प्रतिशत छ । यसरी हेर्दा भारतमा ८ लाख रुपैयाँ कमाउनेले १० प्रतिशत मात्र आयकर तिर्छ भने नेपालमा अविवाहित छ भने ४ लाख रुपैयाँको कमाइमै १५ प्रतिशत कर तिर्नु पर्छ ।