प्रभु बैंकले मुक्तिनाथ मन्दिर परिसरमा शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भीम यूपीआई सेवा सुरु गरेको छ। उक्त सेवा सुरुवातसँगै अब भारतका नागरिकले आफ्नो बैंक खाताबाट भीम यूपीआई मार्फत क्यूआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्ने छन् ।