डिजिटल बैंकिङ प्रयोगकर्ताको उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक तथ्यांक अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार गर्ने प्रयोगकर्ताको संख्या उल्लेख्य रुपमा वृद्धि भएको हो ।
वालेट प्रयोग गर्नेहरुको संख्या १ करोड १० लाख ११ हजार ९३१ पुगेको छ । पुसमा यो संख्या १ करोड ७ लाख ११ हजार ८९ थियो । एक महिनामै ३ लाख ८४२ प्रयोगकर्ता थपिएका छन् ।