एयर इन्डियाको जहाज थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ । फुकेटबाट दिल्ली आउँदै गरेको ए आई ३७९ विमानमा बम रहेको हल्लापछि आकस्मिक अवतरण गराइएको रोयटर्सले उल्लेख गरेको छ । फुकेट एयरपोर्टबाट भारतीय समय अनुसार आज बिहान साढे ९ बजे स्थानीय समय अनुसार दिउँसो साढे २ बजे उडेको थियो ।