Tag: #bank #nrb #news

राष्ट्र बैंकले बढायो दैनिक अनिवार्य नगद मौज्दात सीमा

नेपाल राष्ट्र बैंकले दैनिक अनिवार्य नगद मौज्दात ९० प्रतिशत बनाएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१\८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत दैनिक अनिवार्य तरलता बढाएको हो ।

३० अर्ब रुपैयाँ बराबर तरलता खिच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि आइतबार ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको छ। राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम खिच्न लागेको हो ।

बजारमा पैसा धेरै भएपछि राष्ट्र बैंकले आज फेरि ३० अर्ब झिक्दै

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज आइतबार फेरि ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । निक्षेप संकलन औजारमार्फत राष्ट बैंकमा पैसा राख्न चाहने बैंक तथा वित्तीय सस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्र्नुपर्ने बैंक तथा वित्तीय संस्थालाई आह्वान गरिएको छ ।

‘वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर अगाडि बढ्न आवश्यक छ’: गभर्नर अधिकारी

वित्तीय क्षेत्र एकदमै संवेदनशील छ । तर, कतिपयले यो संवेदनशीलता बुझ्दैनन्, त्यसले गर्दा नागरिकमा नकरात्मक धारणा पनि पैदा हुने गरेको छ,’ गभर्नर अधिकारीले भने, ‘तसर्थ, सञ्चार माध्यमले पनि सत्य र तथ्यमा आधारित भई समाचार सम्प्रेषण गर्नुपर्छ ।’