नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी देउवाले बैठक बोलाएका हुन् ।
आज प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ। संक्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्दैछन्।