Tag: #economy #government

९१ अर्ब ५९ करोड थपियाे बेरुजु

आर्थिक वर्ष २०८०/८१ मा सरकारको बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ थपिएकाे छ। महालेखा परीक्षकको कार्यालयकाे ६२ औं वार्षिक प्रतिवेदन सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा पेश गर्दै महालेखा परीक्षक तोयम रायले उक्त बेरुजु थपिएकाे बताएका हुन् ।