सरकारले शैक्षिक परामर्शदातृ निकायलाई फ्रि–भिसा, रोजगारीको ग्यारेन्टी, डिपेन्डेन्ट भिसा उपलब्ध गराइने लगायतका प्रलोभन नदिन निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्ताे निर्देशन दिएकाे हाे। सेवाग्राहीलाई प्रलोभन देखाउने गरेकाे गुनासो आएपछि मन्त्रालयले ८ बुँदे निर्देशन जारी गरेको छ ।