माबिलुङ इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
बलेफी हाइड्रोपावर, ग्रीन भेञ्चरस लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाल कम्पनीलाई आइपीओ निष्काशनको अनुमति दिएको हो ।