Tag: #nrb #news

आज २१ दिनका लागि राष्ट्र बैंकले ३० अर्ब झिक्दै

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) थपिने क्रम अझै रोकिएको छैन । यसरी हरेक दिन ऋण दिन मिल्ने रकम बढेपछि राष्ट्र बैंकले आज आइतबार पनि वित्तीय प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

राष्ट्र बैंकले आज बजारबाट ३१ दिनका लागि ६० अर्ब तान्दै

राष्ट्र बैंकले आज आइतबार ६० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

पैसा धेरै भएपछि आज फेरी ४० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक

राष्ट्र बैंकले आज बुधबार ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिनमिल्ने रकम (तरलता) धेरै भएपछि अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

मौद्रिक नीतिको समिक्षा सार्वजनिक,असल कर्जाको जाेखिमभार घट्याे

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा सार्वजनिक गरेको छ । असल कर्जाको जोखिमभार १ दशमलव १० प्रतिशतको रहेकोमा त्यसलाई घटाएको बताएको छ ।

२ खर्ब ७५ अर्ब ७४ करोड रुपैयाँले बढ्याे विदेशी मुद्रा सञ्चिति

चालु आर्थिक वर्षको छ महिनामा मात्र विदेशी मुद्रा (विनिमय) सञ्चिति २ खर्ब ७५ अर्ब ७४ करोड रुपैयाँले बढेको छ । योसँगै गत पुससम्म मुलुकको कुल विदेशी मुद्रा सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

निर्देशन नमान्ने प्रभु, हिमालयन र एनआईसी एसिया बैंक राष्ट्र बैंकको कारवाहीमा

नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । आफ्नो निर्देशन विपरित काम गर्ने प्रभु, हिमालयन र एनआईसी एसिया बैंकलाई कारवाही गरेको हो ।

बजारमा घटेन अधिक तरलता, आज पनि राष्ट्र बैंकले ६० अर्ब झिक्दै

बजारमा कर्जा दिन मिल्ने रकम (अधिक तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज आइतबार फेरि ६० अर्ब रुपैयाँ झिक्न लागेको छ । लामो समय देखि बजारमा पैसा धेरै भए पनि व्यवस्थापनका लागि राष्ट्र बैंकले सातामा कम्तिमा दुई पटक पैसा झिक्दै आएको छ ।