श्री एयरलाइन्सले सेवा सुरु गरिसकेपछि यात्रुहरूले सहुलियत भाडादरमा यात्रा गर्न पाएका छन्। सिआरजे २००/७०० तथा क्यु ४०० ड्यास ८ विमानहरूबाट काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, पोखरा, सुर्खेत आदि विमानस्थलहरूमा र पर्वतीय उडानहरू निर्यामत रुपमा हवाई सेवा सञ्चालन गरिरहेको छ।
श्री एयरलाइन्सले ८० सिट क्षमताका दुई वटा जहाज थपेको छ । कम्पनीले मंगलबार क्यानडाको तत्कालीन ‘बम्बार्डियर हाल डी हाभिलैन्ड अफ क्यानडा’ निर्मित कल साइन नाइन एन–एओके र नाइन एन–एओएल जहाज भित्र्याएको हो ।
क्याप्टेनद्वय प्रफुल्ल वैद्य तथा राजेश श्रेष्ठको नेतृत्वमा ४४ यात्रु र चालक दल ५ जनासमेत उडान गरिएको हो। ३५ जनाको विन्डो सिटबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन गरिने कम्पनीले बताएको छ।