बैंक/ बिमा

चीन र श्रीलकासँग पनि क्रस बोर्डर डिजिटल भुक्तानीको तयारीमा नेपाल

नेपालले चीन र श्रीलंकासँग पनि क्रस बोर्डर डिजिटल भुक्तानीका लागि काम सुरु गरेको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिएका छन् । नेपाली भुक्तानी सेवा प्रदायक कम्पनीहरूलाई चीनको अली पे र श्रीलंकाको लंका पेसँग क्रसबोर्डर डिजिटल भुक्तानीका लागि सिस्टम इन्ट्रिग्रेसनको स्वीकृति दिएर प्रक्रिया अगाडि बढेको गभर्नर अधिकारीले जानकारी दिए ।

गत वर्षको ब्याज साउन भित्र उठेमा बैंकले लाभांश बाड्न सक्ने

बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष २०८०–८१ मा प्रोदभावी आधार (एक्रुुअल बेसिस) मा लेखांकन गरिएको ब्याज २०८१ साउनभित्र उठाउन सके त्यसबाट लाभांश बाँड्न सक्ने भएका छन् । नयाँ मौद्रिक नीतिको घोषणा अनुसार सोमबार नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागले परिपत्र जारी गर्दै उक्त निर्देशन दिएको छ ।

ग्लोबल आइएमई बैंक र कतारमा रहेको गल्फ एक्सचेन्जबीच रेमिटेन्स सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहेका नेपालीहरुले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ...

हिमालयन रिइन्स्योरेन्सले कमायो दोब्बर नाफा

हिमालयन रिइन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०८०\८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दा नाफा दोब्बर बढेको बताएको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले यस आजमा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमायो । अघिल्लो आवमा कम्पनीले ६४ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

एफडीआईसम्बन्धी राष्ट्र बैंकको अध्ययनले के देखायो ?

नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९\८०’ सार्वजनिक गरेको छ । प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषण गरी नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन)नेपाल विधाबाट सम्मानित भएको छ। विहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी...

अमेरिकी डलर स्थिर, अन्य विनियम दर कति छ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन । अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो ।

राष्ट्र बैंक कर्मचारी संघ बालुवाटारले अन्तरबैंक फुटसल टुर्नामेन्ट हुँदै

टुर्नामेन्टमा महिलातर्फ २३ वटा र पुरूषतर्फ ३७ वटा गरी जम्मा ६० वटा टिमको सहभागिता रहनेछ ।

सेवा रेमिटको लाइसेन्स खारेज गरिदै, ३५ दिने भित्र लेनदेन दाबी गर्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालीको लाइसेन्स खारेज गर्न लागेको छ । सोही प्रक्रियामा सो कम्पनीसँग कसैको लेनदेन भए ३५ दिनभित्र दाबी गर्न राष्ट्र बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम...